हेटौंडामा मिना लामा १७ सय ७२ मतले अगाडी

अखबार हब
२०७९ जेष्ठ ६, शुक्रबार १०:०९

मकवानपुर। हेटौंडा उपमहानगरपालिकाको मत गणना जारी छ । हालसम्म ६३ हजार १ सय २४ मत गणना भएका छ । मतगणनामा १ हजार ७ सय ७२ मतले गठबन्धनका तर्फबाट नेकपा एसका मेयर पदका उम्मेदवार मिना कुमारी लामा अगाडि रहेकी छिन् । उनले १९ हजार ९ सय ६४ मत प्राप्त गरेकी छिन् ।

यसैगरी नेकपा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले १८ हजार १ सय ९२ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाका तर्फबाट मेयर पदका उम्मेदवार दिपक बहादुर सिंहले १७ हजार ५ सय ६० मत प्राप्त गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*