मनहरीका नवनिर्वाचित जनप्रतिनिधिले लिए सपथ

अखबार हब
२०७९ जेष्ठ ५, बिहीबार २३:३९

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनियताको सपथ लिएका छन् ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिलाई बिहिवार निर्वाचन अधिकृतको कार्यलय मनहरीले आयोजना गरेको कार्यक्रममा प्रमाणपत्र वितरण तथा नवनिर्वाचि गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष एकाराज उप्रेतीले नवनिर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिँदै स्थानीय सरकार र मध्यवर्ती क्षेत्र बीचको कानून बाझिएको कारण पालिकालाई काम गर्न असहज भएको बताए । नवनिर्वाचित टीमले आफ्नो कार्यकालमा स्थानीय कानून सच्याएर पालिका र मध्यवर्ती बीचको दुरीलाई घटाउने विश्वास व्यक्त गरेका छन् ।

गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रञ्जन कालाखेलीले समृद्ध पालिका बनाउन आफु र आफ्नो टीम लागि पर्ने बताए । ‘मनहरीलाई समृद्ध पालिका बनाउने मेरो चाहाना छ, विश्वास छ नवनिर्वाचित जनप्रतिनिधि ज्युहरुले कसैको डर, धम्की र लोभलालचमा नपरी यो अभियानमा सहयोग गर्नु हुनेछ ।’– उनले भने ।

आफ्नो कार्यकालमा मनहरीबासीलाई कामप्रति खोट लगाउने ठाउँ नदिने उनले बताए । कालाखेतीले भने– ‘ पाँच बर्षभित्र हाम्रो मनहरी राम्रो मनहरी, समृद्ध मनहरी बनाएर छोड्ने छु, जसरी मेरो स्वागतमा फूलमाला, माया, साथ पाएको छु बिदा हुनेबेला यसैगरी बिदा हुने प्रण गर्नेछु ।’

निर्वाचन अधिकृत पूणबहादुर दर्जीको सभाध्यक्षतामा भएको कार्यक्रममा सहायक निर्वाचन अधिकृत मोहन श्रेष्ठ ,नेपाली काँग्रेसका मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, माओवादी केन्द्रका नेता वीरबहादुर घलान (ज्वाला) लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*