जनभावना अनुसार कार्य गर्छु– मेयर बिष्ट

अखबार हब
२०७९ जेष्ठ ५, बिहीबार १७:०५

मकवानपुर ।  थाहा नगरपालिकाका नव निर्वाचित प्रमुख बिष्णु बहादुर बिष्ट ‘आदर्श’ले जन भावना अनुसारको कार्य गर्ने बताएको छ ।

बिष्टले नगरको सबै वडाको बस्तुस्थितिको ज्ञान भएको र सबै वडाहरुको भौगोलिक अवस्था बुझेकोले समानता भन्दा पनि न्यायोचित विकासमा केन्द्रित हुने बताए ।

बुधबार सम्पन्न मतदातालाई धन्यवाद ज्ञापन सहितको बिजय र्यालीका क्रममा बिष्टले थाहा नगरको उत्कृष्टतालाई कायम राख्न आफु निरन्तर लागि पर्ने बताए ।

थाहा नगरपालिकामा माओबादी केन्द्रका तर्फबाट नगरप्रमुखमा बिजयी भएपश्चात बिष्टले सबै मतदातालाई धन्यवाद सहित आभार ब्यक्त गरे। उनले भने– “लोकतन्त्रको सुन्दर पक्ष भनेको निर्वाचन हो , स्थानीय तह निर्वाचनमा सबै उम्मेद्वारहरुलाई मतदान गर्ने नगरका २३ हजार ५६ जना मतदाता प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।”

बिष्टले थाहा नगरको विकासका लागि पार्टीले निर्वाचनका क्रममा तयार गरेको घोषण पत्र अनुसार शिक्षा, कृषि, पर्यटन क्षेत्रको विकास र नगरमै रोजगारीको अवस्था सृजना गर्नका लागि नीतिगत योजना बनाई अगाडि बढ्ने बताए।

सबै राजनैतिक दलहरुसंगको सहकार्यमा नगरको विकास योजना बनाउने बिष्टको भनाई रहेको छ ।

बुधबार सम्पन्न धन्यवाद ज्ञापन सहितको बिजय र्यालीमा नेकपा माओवादीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला ईञ्चार्ज कुमारी मोक्तान, बागमती प्रदेश उपाध्यक्ष प्रेम बहादुर पुलामी, थाहा नगरका निवर्तमान अध्यक्ष लवशेर बिष्ट, केन्द्रीय सञ्चार सहकारी संघ का अध्यक्ष बिष्णुहरि ढकाल, भूमि सम्वन्धि आयोग मकवानपुर सदस्य अरुण रायमाझी, नेकपा माओवादी थाहा नगर अध्यक्ष बिनोद कुमार लामा लगायत पार्टीका नेता कार्यकर्ता र मतदाताको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*