हेटौंडा–४ मा नवीन सिग्देलको अग्रता कायमै

अखबार हब
२०७९ जेष्ठ ४, बुधबार २३:५५

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर –४ को मतगणना जारी रहेको छ ।  ४ नंबर वडाको हालसम्म ३ हजार ६ सय ४२ मतगणना सम्पन्न भएको छ ।

जसमा एमालेबाट वडा अध्यक्षका उम्मेदवार नवीन सिग्देलले आफ्नो अग्रता बढाईरहेका छन् । सिग्देलले १ हजार ५१० मत पाउँदै अग्रता कायम राख्दा गठबन्धनबाट कांग्रेसका हरि प्रसाद पौडेल १ हजार ५१० मत ल्याउँदै सिग्देललाई पछाईरहेका छन् । यसैगरि,राप्रपाका उम्मेद्वार ध्रुव प्रसाद संजेलले ३९४ मत ल्याएका छन् ।

हेटौडा उपमहानगरपालिका अन्तर्गत ४ नम्वर वडाको ३६४२ मत गणना हुँदा :
मेयर
सुर्य : ८७६
कलम : ९२२
हलो : १४७२

उपमेयर
सुर्यः १०२९
रुख : १८००
हलो : ४७९

वडा अध्यक्ष
सुर्य : १५१०
रूखः १४६०
हलोः ३९४

यसमा तपाइको मत

Your email address will not be published.


*