धरानको मतगणनास्थलमा सेना परिचालन, गणना रोकियो

अखबार हब
२०७९ जेष्ठ ४, बुधबार १७:११

इटहरी । धरान उपमहानगरपालिकाको मतगणनाको क्रममा विवाद बढेपछि गणनास्थलमा नेपाली सेना परिचालन गरिएको छ । वडा नम्बर २० को गणना गर्ने क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको थियो ।

नेकपा माओवादी केन्द्रले जनताको मतको अवमूल्यन गरेको भन्दै मतदान अधिकृतले नियतवस लापरवाही गरेको आरोप लगाएको छ । ती मतलाई सदर गर्नुपर्ने भनेर माओवादी कार्यकर्ताले मतगणनास्थल पब्लिक माविमा आन्दोलन थालेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*