जितपुरसिमरा १६ मा एमालेको प्यानल नै विजयी

अखबार हब
२०७९ जेष्ठ ४, बुधबार १२:००

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा नेकपा एमालेले जितेको छ । नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार केदार बजागाईंलाई पराजित गर्दै नेकपा एमालेबाट हरिदेव खरेलको प्यानल नै जीतेको भएको हो ।

आज सम्पन्न भएको मतणनाको परिणाम अनुसार १ हजार ४ सय ५३ मतका साथ खरेल विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका केदार बजागार्इंले १ हजार ४ सय ५१ मत पाएका छन् ।

माओवादी केन्द्रको गढको रुपमा चिनिएको यस वडामा एमालेका उम्मेदवार खरेल भारी मत अन्तरका साथ विजयी भएसँगै माओवादीको विरासत खोसिएको छ ।
खरेल पत्रकार महासंघको निर्वाचित केन्द्रीय सदस्य समेत थिए ।

त्यस्तै सोममाया रिमाल, पवित्रा कुमारी कार्की, प्रेमबहादुर गोले(लामा), हेम बहादुर बुर्जा मगर सदस्य पदमा विजय भयका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*