राक्सिराङ गाउँपालिकामा गठवन्धन विजयी

अखबार हब
२०७९ जेष्ठ ३, मंगलवार १८:५०

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा गठवन्धनका उम्मेदवारहरु विजयी भएका छन् । आज सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार गठवन्धनको तर्फबाट नेपाली कांग्रेसका राजकुमार मल्ल ५ हजार ४ सय ८१ मतसहित विजयी भए । उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेका बाबुलाल स्याङ्तानले ४ हजार ५ सय ७२ मत प्राप्त गरे ।

उपाध्यक्षमा पनि गठवन्धनकै तर्फबाट नेकपा माओवादी केन्द्रका बनस्तम् थिङ निर्वाचित भएका छन् । थिङले ४ हजार ८ सय ३९ मत प्राप्त गर्दा उनका निकट्तम प्रतिस्पर्धी नेकपा एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १ सय २९ मत प्राप्त गरिन् ।

समग्रमा यस्तो छ मत परिणाम

अध्यक्ष
गठवन्धन (कांग्रेस) : ५४८१ (विजयी)
एमाले : ४५७२
छाता : १२७
कलम : १२९
कुखुराको भालेः ८
पुतली : १

उपाध्यक्ष
गठवन्धन (माओवादी केन्द्र) : ४८३९ (विजयी)
एमाले : ४१२९
कलम : १३९

यसमा तपाइको मत

Your email address will not be published.


*