निजगढ ७ मा एमालेको प्यानलनै विजयी
बारा । बाराको निजगढ नगरपालिकाको मतगणना जारी छ । आज सम्पन्न निजगढ ७ को अन्तिम मतपरिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार टेकबहादुर लामा प्यानलसहित विजय भएको हो ।
एमालेका लामाले ९ सय १७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका सुमन लामा ७ सय १२ मत प्राप्त गरेका थिए ।
वडा नम्बर ७ बाट प्रमुख पदमा एमालेका सुरथ पुरीले ८ सय ९४ मत पाए त्यसैगरी गठबन्धनका सुरेश खनालले ६ सय ४९ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेका सोममाया थिङ्ले ८ सय ४० मत र गठबन्धनका रविराज दंगालले ६ सय ७५ मत प्राप्त गरे ।
नगरपालिकामा हालसम्म मत गणना सम्पन्न वडा मध्य नेकपा एमालेले ७ र १० नम्बर जित हात पारेको छ भने गठबन्धनले १३,१२,११,९ र ८ नम्बर वडामा जित निकालेको छ ।







