हेटौंडामा मिनाको अग्रता कायमै,पछ्याउँदै दिपक

अखबार हब
२०७९ जेष्ठ २, सोमबार २०:१३

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी छ । हेटौंडा २ स्थित सिर्दाथ माविमा जारी मतगणाको प्रारम्भीमत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार मिना लामा अग्र स्थानमा रहेकी छिन् ।

१६ हजार ६ सय ७ मत गणना गर्दा गठबन्धन तर्फको मेयर पदका उम्मेदवार लामा ३ सय १५ मतले अगाडी रहेकी छिन् । लामालाई ५ हजार २ सय ४५ मत प्राप्त गरिन् भने उनलाई पछ्याउँदै राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले ४ हजार ९ सय ३० मत प्राप्त गरेका छन् । त्यसै गरि नेकपा एमालेका मेयर पदको उम्मेदवार अनन्त पौडेलले ४ हजार ३ सय ८४ मत प्राप्त गरी तेस्रो स्थानमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*