२ सय मत गन्दा निजगढ ७ मा एमाले अगाडी
बारा । निजगढ नगरपालिकाको मतगणना जारी रहेको छ । निजगढ ७ नम्बर वडाको प्रारम्भीक २ सय मत गन्दा नेकपा एमाले अघि बेढेको हो ।
एमालेको वडा अध्यक्षका उम्मेदवार टेकबहादुर लामा १ सय १ मतसहित अग्र स्थानमा छन् भने नेपाली काँग्रेसका सुमन लामा ८३ मतका साथ दोस्रो स्थानमा छन् । राप्रपाका उम्मेदवारले भने जम्मा ९ मत पाएका छन् ।
मेयर पदमा एमालेका सुरथ पुरीले १ सय ४ मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार सुरेश कुमार खनालले ६३ मत पाएका छन् । त्यस्तै उपमेयरमा एमालेका सोममाया थिङले ९३ मत प्राप्त गरेका छन् । भने गठबन्धनका रवीराज दङ्गालले ६७ मत पाएका छन् ।







