पुडासैनीको जीतसँगै जोगियो इन्द्रसरोवरमा एमालेको विरासद

अखबार हब
२०७९ जेष्ठ २, सोमबार ०६:३२

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकमा नेकपा एमाले विजयी भएको छ । भखरै सम्पन्न मतगणना अनुुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेको उम्मेदवार देवकृष्ण पुडासैनी विजयी भएका हुन् ।

पुडासैनी ३ हजार ७२२ मतका साथ आगामी ५ वर्षकालागि इन्द्रसरोवर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । भने कांग्रेसका विश्वलाल लामाले मत ३ हजार ४७२ ल्याएका छन् । पुडासैनीले लामालाई २५० मतान्तरले पराजीत गरेका हुन् ।

पालिका उपाध्यक्षमा एमालेकी उमाकुमारी लामा ३ हजार ७२५ मतले निर्वाचित भएकी छिन् । उनका निकट प्रतिस्पर्धी कांग्रेसका निर्मला लामा ३ हजार ६६५ मत प्राप्त गरेकी छिन् । यी दुई बीचको मतान्तर ६९ रहेको छ ।

इन्द्रसरोवरमा जीतसँगै एमालेले आफ्नो अपराजित विरासत जोगाउन सफल भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*