हेटौँडामा गठवन्धनकी मिना लामाको अग्रता, पछ्याउँदै राप्रपाका सिंह
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–२ सिदार्थ माविमा मतगणना जारी छ । हेटौँडा उपमहानगरपालिकामा मेयरमा त्रिपक्षीय रोचक प्रतिस्पर्धा देखिएको छ ।
हालसम्म ७४४३ मत गणना हुँदा पहिलो पटक राप्रपाका दिपकबहादुर सिंह २१७७ मतसहित दोश्रो स्थानमा उक्लन सफल भएका छन् ।
पहिलो स्थानमा भने गठवन्धनकी मिना लामा २२५९ मतसहित रहेकी छिन् । नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेल भने २०९० मत प्राप्त गरी तेश्रो स्थानमा रहेका छन् ।







