इन्द्रसरोवर ३ मा एमाले फराकिलो मताणन्तरले वियजी
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमाले विजयी भएको छ । भर्खर सम्पन्न भएको इन्द्रसरोवर ३ नम्बर वडाको मतगणना अनुसार नेकपा एमालेको प्यानलसहित विजय हासिल गरेको हो ।
एमालेका प्रताप भोम्जन ११७६ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्ण पुरीले ६७९ मत ल्याए । यो सँगै इन्द्रसरोवरमा एमालेले विजय सुरुवात गरेको हो । पालिकाको १र २ नम्बर वडा भने नेपाली काँग्रेसले जीत निकालेको छ ।
यस्तै हाल सम्मको मत परिणाम अनुसार पालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले अग्रता लिन सफल भएको छ । एमालेका देवकृष्ण पुडासैनी २६७० मत सहित अग्रपङ्क्तिमा रहेका छन् भने कांग्रेसका विश्वलाल लामा २४८६ मत सहित दोस्रो स्थानमा रहेका छन् ।
यस्तै पालिका उपाध्यक्षमा एमालेका उमाकुमारी लामा २६१५ मत सहित प्रथम र २५३५ मत सहित कांग्रेसका निर्मला लामा दोस्रो स्थानमा रहेका छन् ।
अहिले वडा नम्बर ४ को मतगणना हुँदैछ ।







