हेटौंडा उपमहानगरः २ हजार ५ सय गन्दा एक मतले गठबन्धन अगाडि

अखबार हब
२०७९ बैशाख ३१, शनिबार १९:२६

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा गठबन्धन र नेकपा एमालेबीच एक मतान्तर भएको छ । हेटांैडा १, २, १८, १९ नम्बरको २ हजार ५ सय मत गन्दा एक मतान्तर भएको हो ।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मेयर उम्मेदवार मिनाकुमारी लामा ७ सय ५४ र एमालेबाट उम्मेदवार बनेका अनन्त पौडेलले ७ सय ५३ मत ल्याएका छन् ।

राप्रपाका दिपकबहादुर सिंहले लामा र पौडेललाई पछ्याउँदै ६ सय ९२ मत ल्याएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*