हेटौंडा उपमहानगर: गठबन्धनकी लामा १९ मतान्तरले अगाडि

अखबार हब
२०७९ बैशाख ३१, शनिबार १८:२१

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)की मेयर उम्मेदवार मिनाकुमारी लामाले १९ मतले अग्रता लिएकी छिन् ।

दुई हजार ५० मत गणना गर्दा लामाले निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेललाई १९ मतले पछि पारेकी हुन् ।

लामाले ६ सय १९ र पौडेलले ६ सय मत ल्याएका छन् । मेयरमै राप्रपाका दिपकबहादुर सिंहले ५ सय ७० मत ल्याएका छन् ।

उपमेयरमा गठबन्धनकै कांग्रेसका राजेश बानियाँको अग्रता सरुवातदेखि नै कायमै छ । बानियाँले ९ सय ३, एमालेबाट उम्मेदवार रहेकी सुमित्रा काफ्लेले ७ सय २४ र राप्रपाकी इन्दिरा न्यौपानेले १ सय ५४ मत ल्याएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*