देउवाको वडामा काँग्रेसलाई ‘करुवा’को झट्का
काठमाडौं । डडेल्धुराको गन्यापधुरा गाउँपालिका १ मा नेपाली काँग्रेस (बीपी)ले नेपाली काँग्रेसलाई पराजित गरेको छ ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बीपीले १२९ मतले काँग्रेसका उम्मेदवारलाई पराजित गरेको हो।
‘करुवा’ चुनाव चिन्ह काँग्रेस बीपीका नरेश भण्डारीले ६७३ मत प्राप्त गर्दा काँग्रेसका चन्द्र देउवाले ५४४ मत मात्रै प्राप्त गरेका छन्। काँग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले बीपी काँग्रेसको करुवा चुनाव चिन्ह लिएर काँग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ। डडेल्धुरामा करुवा र नेकपा (एमाले)बीच चुनावी तालमेलसमेत रहेको छ।







