मनहरीको अध्यक्षमा काँग्रेसको अग्रता
मकवानपुर । मनहरी गाउँपालिकाको मतगणना जारी रहेको छ । ७ सय ८२ मत गन्दा गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसले ३९७ मत प्राप्त गरी अग्रता काएम राखेको छ ।
नेकपा एमालेले १६९ मत प्राप्त गरेको छ भने नेकपा (एकीकृत समाजवादी) ले १२२ मत प्राप्त गरेको छ ।
अहिले वडा नम्बर १ को मतगणना भइरहेको छ । वडामा १ हजार ७ सय ८७ मत खसेको थियो । जस अनुसार वडा अध्यक्षमा नेपाली काँग्रेसले ४ सय २७ मतका साथ अग्रता लिएको छ ।







