इन्द्रसरोवरमा ८ हजार बढीले गरे मतदान
मकवानपुर । देशभर एकसाथ भएको स्थानीय तहको निर्वाचन सकिएको छ । शुक्रबार भएको निर्वाचनमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा ८ हजार ५ सय ८० मत खसेको छ ।
गाउँपालिकाको १ नम्बर वडमा ७ सय ७४ मत खसेका छन् भने २ मा २ हजर ६३ मत खसेका छन्। त्यसैगरी वडा नम्बर ३ मा १ हजार ९८८ , वडा नम्बर ४ मा १ हजार १ सय १३ र वडा नम्बर ५ मा १ हजार ७ सय २३ मत खसेका छन् ।
६ हजार ४६५ जना पुरुष र ६ हजार ६ जना महिला गरेर १२ हजार ४ सय ७१ जना मतदाता रहेका इन्द्रसरोबर गाउँपालिकामा ८ हजार भन्दा बढीले मात्रै मतदान गरेका छन् ।
अहिले मतपेटिका संकलन गरि इन्द्रसरोवरमा रहेको निर्वाचन कार्यालयमा लैजाने काम भइरहेको छ ।







