मकवानपुरमा सकियो मतदान, मतपेटीका संकलन सुरु

अखबार हब
२०७९ बैशाख ३०, शुक्रबार १८:०८

मकवानपुर । मकवानपुर जिल्लाका दश वटै स्थानीय तहहरुमा मतदानको काम सकिएको छ । अपरान्ह ५ बजेपछी मतदानको काम सकिएको हो । मतदानको काम सकिए लगतै मतगणनाका लागि मतपेटीका संकलन गर्ने काम सुरु भएको छ ।

जिल्लाका बिकट गाउँमा रहेका मतदान केन्द्रबाट मतपेटीका संकलन हुनका लागि समय लाग्ने भएपनि दश वटा स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालय वरपर रहेका सुगम स्थानबाट मतपेटीका पनि संकलन सुरु गरिएको छ ।

बिशेषगरी हेटौंडा उपमहानगरपालिकाको साविकका वडाहरुबाट मतपेटीकाहरु संकलनको काम भइरहेको छ । टाढाका वडाहरुबाट समेत पनि मतपेटीका संकलन सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*