मनहरी १ मा सकियो मतदान, ६८.३४ प्रतिशत मत खसे
मकवानपुर । मनहरी १ बालजीवन ज्योति माविको मतदान केन्द्रमा मतदान सकिएको छ।
मनहरी गाउँपालिकाको वडा नम्बर १ स्थित श्री बालजीवन ज्योति माध्यमिक विद्यालय मकरी मतदान केन्द्रमा जम्मा मतदाता संख्या २६१६ रहेको स्थानमा (क) ,(ख),(ग) गरी ३ वटा बुथ राखियको थियो । जस्मा (क) बुथमा ५८३ मत खसेको छ । त्यस्तै (ख)बुथमा ६०३ मत र (ग) बुथमा १७८७ मत खसेको खसेको छ । महिला ८८२ र पुरुष ९०६ ले मत खसालेका हुन् । जम्मा ६८.३४ प्रतिशत मत खसेको हो ।
३ वटा बुथ रहेको सो बिद्यालयमा (क) बुथको निर्वाचन अधिकृत खगेन्द्र पौडेल, (ख) बुथमा प्रदीप पराजुली र (ग) बुथमा गोपी कृष्ण सेडाई रहेका छन् ।
कमर्चारी परिचालन तथा सुरक्षा व्यवस्था राम्रो भएका कारण बिहान ७ बजे नै मतदान प्रक्रिया शुरु भई बेलुका ५ बजे बन्द भएको (ख) बुथका मतदान अधिकृत प्रदीप परजुलीले बताए ।








