तीन जना किरियापुत्रीले गरे मतदान

अखबार हब
२०७९ बैशाख ३०, शुक्रबार १४:४६

मुगु । मुगुको खत्याड गाउपालिका–८ सुकाढिक गाउँका तीन दाजुभाइले आमाको किरिया बसेका बेला मतदान गरेका छ्न्। आमाको मृत्यु भाएको ७ दिन पुगेका उनीहरू १ घन्टा उकालो बाटो हिँडेर मतदान गरेका हुन्।

उनीहरूले खत्याड गाउपालिका–८ आम गाउँमा रहेको श्री सरस्वती आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छ्न्। किरिया बस्ने दाजुभाइमा खत्याड गाउपालिका-८ सुकाढीक गाउँका ५६ वर्षीया कविराज कार्की, माइला भाइ वीरबहादुर कार्की र जयसुर कार्कीले करिब साढे ८ बजेतिर मतदान गरेका हुन्।

जेठा दाइ कविराज कार्की नेपाल टेलिभिजन मुगुका जिल्ला संवाददाता हुन्। पाँच वर्षमा एकपटक आउने स्थानीय तहका जनप्रतिनिधि छनोट गर्न राम्रा मान्छेलाई चुन्नु पर्ने भएकोले आफ्नो अमूल्य मतदान गर्न आएको कविराजले बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*