विप्लवले मतदान गर्न पाएनन्, किन ?

अखबार हब
२०७९ बैशाख ३०, शुक्रबार १४:३९

कपिलवस्तु। नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्नबाट बन्चित भएका छन्।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ९ मा रहेको मतदान केन्द्रबाट मतदान गर्ने तयारी गरेका उनले मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न नपाएको विप्लवका स्वकीय सचिव असल क्षेत्रीले जानकारी दिए।

माओवादीमा अलग भएपछि निर्वाचन बहिस्कार गर्दै आएका विप्लव यसपटक भने मतदान गर्न भन्दै कपिलवस्तु आइपुगेका हुन्। देशभर शुक्रबार स्थानीय तह निर्वाचन भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*