मौन अवधि बिर्सेर बालेन शाहको पक्षमा भोट माग्दै सेलिब्रिटी

अखबार हब
२०७९ बैशाख २८, बुधबार ११:५५

काठमाडौं । मंगलबार मध्यरातिदेखि स्थानीय तह निर्वाचन २०७९ को मौन अवधि सुरु भएको छ । मौन अवधि मंगलबार राति १२ बजेदेखि सुरु भएको हो । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागू हुन्छ ।

निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप सहज बनाउन, राजनीतिक दल तथा उम्मेदवारबाट हुने अवाञ्छित गतिविधिलाई रोक्न तथा मतदानका लागि सुरक्षित तथा भयरहित वातावरण सिर्जना गर्न निर्वाचनमा मौन अवधि कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।

यो अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचार प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाउँदैनन् ।

त्यस्तै, राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसारका सामग्री राखिएको भए तत्काल हटाउनुपर्ने हुन्छ भने कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार प्रसार गर्न पाइँदैन ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न पनि रोक लगाइएको छ । तर कलाकारहरुले मौन अवधि तोडेका छन् ।

शुरुदेखि नै काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका बालेन शाहको पक्षमा खुलेकी अभिनेत्री स्वस्तिमा खड्काले मौन अवधि शुरु भएपछि केही बेर अघि बालेन शाहका लागि भोट मागेकी छन् ।

भोट माग्दै गरेको तस्बिर शेयर गरेको बालेन शाहको फोटो पुनः शेयर गर्दै खड्काले १९ मिनेट अघि फेसबुकमा बालेन शाहको लागि भोट मागेकी हुन् । उनले भेरिफाइड अकाउन्टबाट नभई आफनो पर्सनल अकाउन्टबाट शेयर गरेकी छन् ।

स्वस्तिमाले कलाकारलाई मौन अवधि नलाग्ने सुनेर बालेनको पक्षमा भोट मागेको बताइन् । उनले भनिन्,‘ राजनीतिक पार्टीले मात्र नपाउने सुनेको थिए । हामीले पनि नपाउने हो र ? मलाई त थाहा नभएर शेयर गरेको हुँ ।’ उनले श्रीमान निश्चल बस्नेतले शेयर गर्न मिल्ने बताएपछि शेयर गरेको बताइन् ।

मौन अवधि शुरु भइसकेपछि पनि एक पछि अर्को कलाकारले मौन अवधि तोडेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*