धुलिखेल १२ नम्बर वडामा एमालेको शक्तिप्रदर्शन !

अखबार हब
२०७९ बैशाख २७, मंगलवार १२:४०

काभ्रे । नेकपा (एमाले)ले धुलिखेल नगरपालिका वडा नम्बर १२ मा सोमबार मतदाताको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनका उम्मेदवारहरूको संयुक्त घरदैलो तथा र्‍याली कार्यक्रम नगरको विभिन्न टोलहरूमा परिक्रमापश्चात् सम्पन्न भएको हो ।

नगरको वडा नम्बर १२ का विभिन्न गाउँ तथा टोलहरूमा मेयरका उम्मेदवार अशोककुमार ब्याञ्जु (श्रेष्ठ), उप–मेयरउम्मेदवार लालतारा अधिकारी, वडाअध्यक्ष मोहनप्रसाद लामिछाने, महिला वडासदस्य कमला काफ्ले, दलित वडासदस्य विभा रम्तेल, सदस्यद्वय गोपीकृष्ण श्रेष्ठ र रमेश तमाङ्गबाट संयुक्त घरदैलो भएको हो ।

स्थानीय इँट्टे, सापकोटागाउँ, नयाँपार्टी, र्‍याले, शङ्खुपाटीचौर, पिप्ले, ताईचे, कुरगाउँ, एक्लेखेत, छाप, शङ्केश्वरी–थापागाउँलगायतका टोलहरूमा घरदैलो तथा र्‍याली सम्पन्न भएको स्थानीय शालिकराम लामिछानेले बताए ।

२०७४ सालमा भएको चुनावमा पनि यो वडासहित नगरमा एमाले विजयी भएको थियो । स्थानीय अच्युतप्रसाद सापकोटाका अनुसार अघिल्लोपटकको तुलनामा यसपटक एमालेमा आकर्षण बढेको र प्रदर्शनमा उल्लेख सहभागिता रहेको भन्दै विजयी हुनेमा विश्वास व्यक्त गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*