मौन अवधिमा के–के गर्नु हुँदैन ?

अखबार हब
२०७९ बैशाख २५, आईतवार २२:४०

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि ७२ घण्टा अगाडि अर्थात मंगलबार मध्य रातिदेखि मौन अवधि प्रारम्भ हुने भएको छ ।

निर्वाचन आयोगले आईतबार राति सार्वजनिक गरेको इ–बुलेटिनमा उल्लेख भए अनुसार मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले निम्न आचरण पालना गर्नु पर्नेछ ।

  • मौन अवधिभर निर्वाचन प्रचार, प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न नहुने ।
  • मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान स्तलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार प्रसार सामग्री हटाउनु पर्ने ।
  • कुनै पनि विधि, प्रकृया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचार, प्रसार गर्न नहुने ।
  • सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचार प्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने ।

यसमा तपाइको मत

Your email address will not be published.


*