एमालेको विपक्षमा मतदान गर्न गठबन्धन पक्षधर पत्रकारहरुको आह्वान

अखबार हब
२०७९ बैशाख २५, आईतवार ११:३७

काठमाडौं । सत्ता गठबन्धन निकट विभिन्न पत्रकार संगठनहरुले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धन उम्मेदवारका पक्षमा मत मागेका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सानो भूलले फेरि देश द्वन्द्व र अस्थिरताको भुमरी जान सक्ने चेतावनी दिँदै संगठनहरुले गठबन्धनको पक्षमा मत मागेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘हामीले नसोचे कसले सोच्ने, अहिले नसोचे कहिले सोच्ने रु तसर्थ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्पष्ट रूपमा परिवर्तनका पक्षधर गठबन्धनका उम्मेदवारलाई निर्धक्क भएर मत दिई विजयी बनाउने हामी अपिल गर्दछौँ ।’

विज्ञप्तिमा प्रेस युनियन नेपालका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष शम्भु श्रेष्ठ, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेलको हस्ताक्षर छ ।

May be an image of text

यसमा तपाइको मत

Your email address will not be published.


*