‘निर्वाचनमा बालबालिकाको प्रयोग नगर्नु’

अखबार हब
२०७९ बैशाख २४, शनिबार २२:५८

मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले यही वैशाख ३० हुने स्थानीय तह निर्वाचनको सन्दर्भमा चुनाव प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।

कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको शनिबार बसेको बैठकले चुनावमा बालबालिकाको प्रयोग हुन सक्ने अवस्थालाई दृष्टिगत गर्दै निर्वाचनका क्रममा बालबालिको उपयोग गर्ने कार्यलाई रोक्न र सो कार्य गरेको पाएमा आवश्यक कारबाहीका लागि तत्काल निर्वाचन कार्यालयमा सूचना दिन आग्रह गरेको हो ।

यस्तै, बैठकले आचारसंहिता कार्यान्वयनको प्रभावकारी अनुगमन गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्ने÷गराउने निर्णय गरेको छ ।

यसैगरी, निर्वाचन अधिकृतको कार्यालयले मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत राजकुमार पुडासैनीले सामाजिक सञ्जालमा कुनै राजनीतिक दलको प्रचारप्रसारमा संलग्न रहेको भन्दै निजलाई उक्त सहायक निर्वाचन अधिकृतको पदबाट हटाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*