नेकपा(एकीकृत समाजवादी) जनताको मनमा बसेको छ : विष्ट

अखबार हब
२०७९ बैशाख २२, बिहीबार २१:५०

मकवानपुर । नेकपा (एकीकृत सामाजवादी)बाट मनहरी गाउँपालिका उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी मलिना विष्टले आफ्नो पार्टी जनताको मन मष्तिकमा बस्न सफल भएको बताएकी छिन् ।

बिहिवार मनहरी ५ मा भएको चुनावी घरदैलो कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी नयाँ भएपनि पुरानै अनुहारका कारण जनताको मनमा बस्न सफल भएको बताएकी हुन् ।
‘हामी ५ वर्ष जनप्रतिनीधीको रुपमा समाजको सेवा गरीसकेका छौँ । अब नयाँ चुनाव चिन्ह लिएर आएपनि हाम्रो ईमान्दारीता र मेहेनतलाई जनताले राम्रोसँग बुझेका छन् । हामीले निर्वाचन जित्ने कुरामा दुई मत छैन ।’ उनले भनिन् ।

घरदैलो कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार नारायण श्रेष्ठ , वडाअध्यक्ष पदका उम्मेदवार चन्द्र बहादुर थिङ , सदस्यहरु पानीमीरा राना , श्याम बहादुर स्याङ्तान , फुल कुमारी लोप्चन र चमेली सार्कीको सहभागिता रहेको थियो । यस्तै पार्टिका केन्द्रिय सदस्य राजाराम स्याङ्तान ,मनहरी ईन्चार्ज भुमिनन्द अर्याल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*