गठबन्धनको भ्रम आगामी निर्वाचनबाट हट्छ – खुलाल
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य रघुनाथ खुलालले गठबन्धनले पालेर हिडेको भ्रम आगमी स्थानीय तहको निर्वाचनबाट हट्ने बताएका छन्।
हेटौंडा–१६ मा एमालेको प्रचार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कुनै योजना बिना नै गठबन्धन चुनाव जित्ने कुरा गर्दै हिडिरहेको भन्दै उनले जनताले बैशाख ३० को निर्वाचनले गठबन्धनलाई पराजित गरेर तिनिहरुको भ्रम तोडिदिने बताएका हुन् ।
अन्य कुनै पनि पार्टी नेकपा एमालेसँग एक्लाएक्लै लड्न नसक्ने भएकाले अहिले देशकै सबैभन्दा बलियो शक्तिको रुपमा संस्थागत रुपमा चल्ने एक मात्र पार्टी एमाले नै भएको पनि उनले दावी गरे । उनले जनताको भोट पाउन राजनीतिक दलको योजनाहरु जनताले मन पराउन पर्ने भएकाले सके आफ्नो राम्रो योजना बनाएर जनताको बिचमा आउन आग्रहसमेत गरेका छन् ।







