थाहा नगरपालिकाका प्रमुख बिष्टद्वारा राजिनामा

अखबार हब
२०७९ बैशाख २२, बिहीबार १६:५२

मकवानपुर । थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले राजिनामा दिएका छन्। बिहीबार दिउँसो प्रमुख बिष्टले उपप्रमुख खड्ग बहादुर गोपालीसमक्ष राजिनामा दिएका हुन् ।

‘दल छोडी पद, पद छोडी दल’ भन्ने रुपचन्द्र बिष्टको भनाइलाई मनन गर्दै आफुले राजिनामा दिएको बिष्टले बताए। साथै यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनाव प्रचारप्रसारमा लाग्न निर्वाचन आचारसंहिता अनुसार नमिल्ने भएकोले राजिनामा दिएको नगरप्रमुख बिष्टले बताए ।

बिष्ट नेतृत्वको ५ बर्षे कार्यकालमा थाहानगरको विकासमा ठुलो फड्को मारेको र विकासलाई निरन्तरता दिन र बाँकी रहेका कार्यहरुलाई सम्पन्न गर्न माओबादी केन्द्र लगायत गठबन्धनका उम्मेदवारहरुलाई बिजयी गराउन बिष्टले अनुरोधसमेत गरे।

बिष्टले अब आफू निर्धक्क भएर पार्टीको चुनाव प्रचारमा हिड्ने बताउदै गठबन्धन उम्मेदवारहरुलाई बिजयी गराउन लागिपर्ने बताए।

यसमा तपाइको मत

Your email address will not be published.


*