निजगढ ७ का बागी उम्मेदवारलाई काँग्रेसको रुख उपहार, अन्यौलमा मतदाता
मकवानपुर । सत्ता गठबन्धनको सहमतिअनुसार माओवादी केन्द्रको भागमा परेको वडामा काँग्रेसको बागी उम्मेदवारले (रुख) चिन्ह पाएपछि निजगढका मतदाता अन्यौलमा परेका छन् ।
गठबन्धनको सहमतिअनुसार निजगढ नगरपालिका वडा नम्बर ७ माओवादी केन्द्रको भागमा परेको भएता पनि काँग्रेस मधेस समितिले वडाको अध्यक्षमा सुमन लामालाई टिकट दिएको हो ।
गठबन्धनको सहमतिअनुसार माओवादी केन्द्रका मोहन डिसीले वडा अध्यक्षमा मनोनयन दर्ता गरेका थिए ।
सहमतिमा नेपाली कांग्रेसको भागमा २ खुल्ला सदस्य र दलित महिला सदस्यसहित ३ जना सदस्य परेको उनीहरु सबैले माओवादीको चुनाव चिन्ह हसिया हतौडा लिएर चुनाव लड्ने सदस्य पदकी उम्मेदवार चन्द्रिका मगरले बताए ।
यता काँग्रेस मधेस समितिले भने वडा अध्यक्षमा सुमन लामा र खुल्ला सदस्यतर्फ नारायण अधिकारी, सेरब छोइगेल लामा (मनिष) महिला सदस्यमा लामा र दलित महिला सदस्यतर्फ पम्फा विश्वकर्माले गठबन्धनको सहमति विपरित पार्टीको आधिकारीक उम्मेदवार बनाएको छ । लामाको टिम भने पार्टीको चुनाव चिन्ह लिएर प्रचासप्रसारमा लागि सकेका छन् ।
लामाले गठबन्धनमा भएको सहमतिको विरोध गर्दै काँग्रेस पार्टीको टिकटबाट उम्मेदवारी दर्ता गराएपछि वडा नम्बर ७ मा काँग्रेसका मतदाता भने अन्यौलमा परेका छन् ।







