नेकपा(एस)का मकवानपुर जिल्ला सदस्य गोले पुनः एमाले फर्किए
मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरका जिल्ला सदस्य पुनः एमालेमा फर्किएका छन् ।
समाजवादीका जिल्ला कमिटी सदस्य रहेका देवलाल गोलेले आज एक विज्ञप्ति जारी गर्दै सदस्य पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।
आफूले नेकपा (एस)को जिल्ला कमिटी सदस्य र साधारण सदस्यबाट समेत राजीनामा दिई पुनः मातृ पार्टी नेकपा(एमाले)मा समाहित भएको विज्ञप्तिमार्फत् भनेका छन् ।
हेर्नुहोस् विज्ञप्तिः








