आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीसहित चुनाव प्रचारमा मन्त्री खतिवडा
मकवानपुर । स्वाथ्यमन्त्री विरोध खतिवडा निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै पार्टीको चुनावी प्रचारमा लागेका छन् । सरकारी नम्बर प्लेटको गाडीमा मन्त्री खतिवडा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन् ।
मंगलबार हेटौंडामा पाँचदलीय सत्ता गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा उनी सरकारी गाडीसहित पुगेका थिए । निर्वाचन आचारसंहिताले नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले कुनैपनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरेको छ ।
पछिल्लो समय सरकारका मन्त्री,सरकारी कर्मचारी, शिक्षक, अर्ध सरकारी कार्यालयका कर्मचारी र स्थानीय तहका कर्मचारी पनि चुनावी अभियानमा हिडिरहेका छन् । उनीहरूलाई नियमन गर्न भने सम्बन्धित निकायले सकेको छैन ।







