क्लबहाउससँग प्रतिस्पर्धा गर्न ल्याएको पोडकास्ट फिचर बन्द गर्दै फेसबुक

अखबार हब
२०७९ बैशाख २०, मंगलवार १६:५२

काठमाडौं । जुन ३ मा फेसबुकले आफ्नो पोडकास्ट सेवा बन्द गर्ने भएको छ । फेसबुकमा पोडकास्ट सेवाको एक वर्ष नबित्दै यो फिचर बन्द हुने भएको छ ।

यो हप्ता देखि फेसबुकले पोडकास्टरहरुलाई शो एड गर्न नदिने भएको छ । द हब र साउण्डबाइट केही समयमा बन्द हुनेछ र लाइभ अडियो रुम फेसबुक लाइभमा परिणत हुनेछ ।

मेटाले पोडकास्टबाट इन्ट्रेस्ट परिवर्तन गरेर फेसबुकको प्रमुख फिड र इन्स्टाग्राम रिल्समा ध्यान दिने बताएको छ । मेटाभर्सलाई मेटाले विशेष महत्वमा राख्न चाहन्छ । क्लबहाउससँग प्रतिस्पर्धा गर्न मेटाले पोडकास्ट सेवा ल्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*