समृद्ध हरिवन निर्माण गर्न मेरो उम्मेदवारी : बुढाथोकी
मकवानपुर । आसन्न निर्वाचनमा सर्लाहीको हरिवन नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रबाट कमल बुढाथोकीको उम्मेदवारी परेको छ । निष्ठाको राजनीति गर्ने व्यक्तिको क्षबि बनाएका बुढाथोकी सर्लाहीका पुराना कम्युनिष्ट नेता मध्यका एक हुन् । लामो समय समाजमा भएका अन्याय अत्याचारविरुद्ध लागेका बुढाथोकी एक असल र लोकप्रिय नेता हुन् ।
बुढाथोकी २०३६ सालको आन्दोलनपछि राजनीतिमा आकर्षित भएका थिए । विद्यार्थी कालमा अनेरास्ववियुको राजनीतिमा लागेका उनी ०३७ सालको जनमत संग्रहमा बहुदलको पक्षमा लागेका थिए । ०४६ सालको आन्दोलनमा बहुदलको पक्षमा आन्दोलनमा होमिएका उनी त्यसपछि निरन्तर सामाजिक रुपान्तरणका लागि अहोरात्र लागि परेका छन् ।
हरिवन आफैंमा जनसंख्या ज्यादा भएको बौदिक व्यक्तिहरुको ठूलो जनमत भएको नगरपालिका हो ।
विद्यालय जाने उमेर समुहका बालबालिकाहरुलाई विद्यालयको उहुँच बढाउन आफ्नो उम्मेदवारी रहेको बुढाथोकी बताउँछन् । आफूले जितेको खण्डमा खेल क्षेत्रमा लागेका युवाहरु खेलमा आकर्षित गराउन प्रतिबद्ध रहेको उनको भनाई छ । स्वाथ्यमा सहज पहुँच, युवाहरुलाई स्वरोजगार बनाउने उनले प्रतिबद्धसमेत व्यक्त गरेका छन् ।
साथै उनले नगरबासीलाई आफूलाई जिताई सवल र सक्षम हरिवन बनाउने अभियानमा जोडिन आम नगरबासीलाई आह्वानसमेत गरेका छन् ।







