‘मुलक निर्माण गर्ने एक मात्र पार्टी एमाले हो’
मकवानपुर । मुलुक निर्माण गर्ने पार्टी एमाले मात्रै भएको बागमती प्रदेशका प्रथम मुख्य मन्त्री डोरमणी पौडेलले बताएका छन् ।
मुलुक निर्माण गर्ने पार्टी एमाले मात्रै भएको उनले बताए । उनले अबको निर्वाचनपछि अरू पार्टीको अस्तित्व नै नरहने उनले बताए । नेपाली जनताको खुसी र सुखीको लागि सोच्ने पार्टी एमाले मात्रै भएको उनले बताए ।
स्थानीय चुनावपछि नेतृत्वको अवसर पाएको एमालेले विगत ५ बर्ष गरेको विकास नै एमालेको सामर्थ्यको पहिचान भएको उनले बताए । ‘हेटौंडा विगत ५ वर्षभित्र भएको विकास हेर्नुस् अनि मनन गर्नुस् एमालेको विकल्प छ ?’ उनले प्रश्न गरे ।
अबको ५ वर्षमा फेरी पनि एमालेले नेतृत्व गर्ने अवसर पाएमा बाँकी रहेका विकासले थप फड्को मार्ने उनले बताए । आसन्न स्थानीय तहको निर्वाचनको प्रचारप्रसार कार्यक्रम अन्तरगत हेटौंडा ८ मा आयोजना गरिएको घरदैलो तथा कोण सभामा उनले यस्तो बताएका हुन् ।

कार्यक्रमा हेटौंडा उपमहानगरपालिकामा एमालेबाट मेयरको उम्मेदवार अनन्त पौडेलले नगरमा बिगतको वडाहरू र थपिएको क्षेत्रमा भएको विकास नै एमालेको पहिचान भएको बताए । ‘एमालेको नुन खाएर बैरीको गुन गाउँदै हिडेका उम्मेदवारहरू छन् तपाईंले चिन्नुहुनेछ’ पौडेलले भने ‘नेकपा एमालेले प्रतिबद्धता बोकेर तपाईको सामु आएको छ ।’ पौडेलले भोली हुने आमसभामा सहभागीताको लागि आग्रह समेत गरे ।

कार्यक्रममा एमालेबाट उपमेयरको उम्मेदवार सुमित्रा काफ्लेले सामाजिक क्षेत्रको विकासमा धेरै कामहरु गर्न बाकी रहेकोले अबको ५ वर्ष यसतर्फ ध्यान दिने बताइन् । ‘शिक्षा स्वास्थलगायतको भौतिक पुर्वाधारहरू जुन अधुरा छन् ति पुर्वाधार अबको ५ बर्षभित्र पुरा हुनेछ ।’
कार्यक्रममा नेता श्रीधर पोखरेलले आफूले ४१ वर्ष पासिना खर्चेको पार्टी छोडेर गलत गरेको आभाष भएपछि एमालेमै फर्केको बताउँदै भने ‘मैले ८ महिनाअघि बाटो विराएको थिए, अहिले सही बाटोमा आएको छु, तपाईंहरु नझुक्किनु होस् ।’ मकवानपुर जिल्ला र देशको निकासको लागि एमाले मात्रै सक्षम पार्टी भएको पोखरेलले बताए ।
यसै गरी हेटौंडा ८ को वडा सदस्यमा उम्मेदवार गोपाल श्रेष्ठले वडाको विकासमा आमूल परिवर्तन भैसकेको छ,बाकी काम गर्न अबको नेतृत्व खट्ने बताए । अबको नेतृत्वको पहिलो काम सुकुम्बासीको समस्या समाधान गर्ने रहेको उनले बताए ।







