चुनावी आमसभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली हेटौंडा आउदैं

अखबार हब
२०७९ बैशाख १७, शनिबार १५:०१

मकवानपुर । आसन्न स्थानीय चुनावी सभालाई सम्बोधन गर्ने नेपाल कम्युनिस्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली भोली आइतबार हेटौंडा आउने भएका छन् ।

नेकपा (एमाले)ले हेटौंडा उपमहानगरपालिकामा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न उनी हेटौंडा आउन लागेका हुन् । १८ बैशाखमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका –४ स्थित हुप्राचौर परिसरमा उपमहानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले मकवानपु जिल्लाका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।

‘पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा ४० हजारभन्दा बढि जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ’, श्रेष्ठले भने । त्यसअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरि हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे पार्टी अध्यक्ष केपि शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने तयारी भएको अध्यक्ष श्रेष्ठले बताए ।

प्रचार समितिका संयोजक धुब्रप्रसाद चौलागाईका अनुसार कार्यक्रममा पार्टी प्रवेश कार्यक्रमसमेत हुनेछ । उनले कार्यक्रममा तीन सय जनाको स्वंयमसेवा परिचालन गरिने जानकारी दिए । चुनावी सभामा १० वटै स्थानीय तहका नेता कार्यकर्ताहरु सहभागि हुने मकवानपुर एमालेले जनाएको छ । यता एमालेको मुख्य प्रतिस्पर्धि सत्तारूढ गठबन्धनको भने चुनावी सभाको टुङ्गो लागेको छैन ।

एमालेबाट हेटौंडा उपमहानगरपालिकामा मेयर पदको लागि अनन्त पौडेल चुनावी मैदानमा छन् भने उपमेयरमा सुमित्रा काफ्ले । पौडेल र काफ्लेले संयुक्त रुपमा चुनावी घरदैलो गरिरहेका छन् । घरदैलो कार्यक्रममा सहभागीले मेयर उपमेयर, वडा अध्यक्ष तथा सदस्यहरू घरघर पुगेर कार्यक्रममा सहभागिताको लागि समेत निमन्त्रणा गरेका छन् ।

एमालेसँग प्रतिस्पर्धाको लागि चुनावी तयारीमा रहेको सत्ताधारी गठबन्धनले पनि आगामी २२ वा २३ बैशाख आमसभा गर्ने तयारी गरेको बुझिएको छ । गठबन्धनमा नै छलफल गरेर आमसभाको टुङ्गो लगाउनु पर्ने भएकोले यसको आन्तरिक तयारी हुदै गरेको र हाल घरदैलोमा लागेको नेकपा एकीकृत समाजवादी बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले बताइन् । ‘मिति र अतिथिबारे टुङ्गो लागेको छैन, लगभग २२÷२३ मा आमसभा गरिने तयारी भएको छ’ वडा अध्यक्षको उम्मेदवार समेत रहेका नेपाली कांग्रसका सबिन न्यौपानेले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*