इन्द्रसरोवरमा सत्ता गठबन्धनको आ–आफ्नै उम्मेदवार
मकवानपुर । सत्ता गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)को भागमा परेको मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गठबन्धनका दलहरुले आ–आफ्नो उम्मेदवार खडा गरेको छ ।
गठबन्धनको सहमति अनुसार इन्द्रसरोवरको अध्यक्ष नेकपा (एकीकृत समाजवादी)को भागमा परेको भएता पनि सहमति टोड्दै गठबन्धनका दलहरुले आ–आफ्नै उम्मेदवार उठाएको हो ।
निर्वाचन अधिकृतको कार्यलय इन्द्रसरोवरले आज जारी गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार नेकपा एसको तर्फबाट अध्यक्षमा जीवन लामा, नेपाली काँग्रेसबाट विश्वलाल लामा, जसपा नेपालको तर्फबाट देवकुमार लामा र राप्रपाबाट सुक्रबहादुर लामाको उम्मेदवारी रहेको छ । नेकपा एमालेको तर्फबाट भने देवकृष्ण पुडासैनीको उम्मेदवारी रहेको छ ।
त्यस्तै उपाध्यक्षमा नेपाली काँग्रेसबाट निर्मला रुम्बा,जसपाबाट रस्मिला घिसिङ, स्वतन्त्रबाट कमलवहादुर घिसिङको उम्मेदवारी रहेको छ । नेकपा एमालेको तर्फबाट भने उमा कुमारी लामाको उम्मेदवारी रहेको छ ।
माओवादी केन्द्रले भने दुवै पदमा उम्मेदवारी दिएको छैन् ।








