हेटौंडा ७ मा एमालेको चुनाव प्रचार प्रसार कार्यलय

अखबार हब
२०७९ बैशाख १६, शुक्रबार १५:०२

मकवानपुर । नेकपा एमालेले हेटौंडा–७ शान्तिटोलमा चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरेको छ । स्थानीय तहको निर्वाचनमा पार्टीको चुनावी प्रचार प्रसार गर्न नेकपा एमाले हेटौंडा–७ नम्बर कमिटीले प्रचार प्रसारको कार्यलय स्थापना गरेको हो ।

उत्त कार्यलयको नेकपा एमाले केन्द्रिय सदस्य एवं मकवानपुर ईन्चार्ज रामेश्वर रानाले उदघाटन गर्दै नेकपा एमालेले मात्रै यो देशमा सुख समृद्धीको सपना पुरा गर्ने भएकोले एमालेलाई जिताउनु पर्ने बताएका छन् ।

कार्यक्रममा हेटौंडा ७ नं वडा अध्यक्षका उम्मेदवार राजन थापा, एमाले जिल्ला सचिवालय सदस्य एवं प्रचार विभाग प्रमुख ध्रुब चौलागाई, ईलाका सदस्य प्रेम वस्नेत, वडा सदस्यका उम्मेदवारहरु देवराज रिमाल, नर वहादुर भ्लोन, सपना विक, तुलसा अधिकारी, समेतले मन्तव्य राखेका थिए । कार्यक्रम पार्टी वडा कमिटी अध्यक्ष कुल प्रसाद त्रिपाठी सभाध्यक्षतामा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*