‘बागी’लाई कांग्रेसको चेतावनी : साँझसम्म उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निस्कासन

अखबार हब
२०७९ बैशाख १६, शुक्रबार ११:११

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार अपराह्न ५ बजेसम्म उम्मेदवारी फिर्ता लिई गठबन्धनका आधिकारिक उम्मेवारलाई जिताउन बागी उम्मेदवारसँग आग्रह गरेको छ।

स्थानीय तहको चुनावमा गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध दर्ता गरेको उम्मेदवारी फिर्ता लिन विद्रोही उम्मेदवारलाई काँग्रेसले आग्रह गरेको हो। कांग्रेसद्वारा जारी प्रेस विज्ञप्तिमा अपराह्नसम्म उम्मेदवारी फिर्ता नलिए विद्रोही उम्मेदवार, उनको प्रस्तावक र समर्थकलाई पार्टीबाट निस्कासन गर्ने चेतावनी दिइएको छ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ को धार ४ (१३) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निस्कासित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*