एमालेद्वारा हेटौंडा ८ किरण चोकमा सम्पर्क कार्यलय स्थापना
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा प्रचार प्रसारको काम गर्ने गरि नेकपा एमालेले हेटौंडा ८ किरण चोक फारलाईनमा सम्पर्क कार्यलय खोलेको छ ।
पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थीतिमा निर्वाचन प्रचार प्रसार कार्यलय स्थापना गरिएको वडा अध्यक्षका उम्मेदवार बोलबहादुर कार्कीले जानकारी दिए ।
उत्त कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि दर्जनौ नेकपा एमालेमा समाहित भएका छन् । उनीहरुलाई नेकपा एमाले बागमती प्रदेश सदस्य गोपालबहादुर श्रेष्ठ, जिल्ला कमिटी सदस्य गणेश कुमारी श्रेष्ठ, यसोदाकुमारी उप्रेती, पुर्व जिल्ला कमिटी सदस्य रमेशकुमार पौडेल लगाएतले स्वागत गरेका थिए ।







