टीका लामाले पदीय गरिमा बिर्सिए

अखबार हब
२०७९ बैशाख १४, बुधबार २१:५८

मकवानपुर । फुटबल संघ मकवानपुर अध्यक्ष टीका लामाले जातीय विद्वेश फैलाउने स्टाटस सामाजिक सन्जालमा पोष्ट गरेका छन् ।

उनको यो पोष्ट अमर्यादित भएको भन्दै सर्बत्र आलोचना भएको छ । मकवानपुर फुटबल संघका पदाधिकारीले समेत उनको अभिव्यत्ति पदीय गरिमा विपरीत भएको बताएका छन् । खेलक्षेत्रको गरिमामय पोष्टमा रहेका जिम्मेवार व्यत्ति नै जातीय विद्वेश फैलाउने गरि सक्रीय हुनु दुखद भएको खेलाडीहरू बताउँछन् ।

फुटबल संघका सचिव सुनिल लोप्चनले आफुले चाहेको उम्मेद्वारको पक्षमा लाग्ने स्वतन्त्रता सबैलाई भएपनि जातीय विद्वेश फैलाउने गरि सामाजिक संजालमा पोष्ट गर्नु उपयुक्त नभएको बताए । फुटबल संघका कोषाध्यक्ष अमृत लुङ्वाले अध्यक्षको गरिमा विर्सियर लामाले गरेको पोष्टबाट आफू स्तब्ध भएको बताए ।

नले अध्यक्षलाई सामाजिक संजालबाट उक्त पोष्ट हटाउन सुझाब दिएको जानकारी दिएका छन् । फिफा रेफ्रि युनाल मल्ल रंगभेद जातीय विभेद जस्ता अभिव्यत्ति खेल क्षेत्रका पदाधिकारीलागि अशोभनीय रहेको बताउँछन्। खेलक्षेत्रले जातीय एकतालाई मजबुत बनाउने एन्फा बागमती प्रदेश सचिब दिपेन्द्र ढकालले बताए । तर खेल क्षेत्रका पदाधिकारीले नै जातीय सद्भाव भड्काउन नहुने उनको तर्क छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*