भोट माग्दै घर दैलोमा वडा अध्यक्षका उम्मेदवार कार्की

अखबार हब
२०७९ बैशाख १४, बुधबार १७:३६

मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिए सँगै देश भर यति बेला चुनावी सरगर्मी बढेको छ । मकवानपुरको हेटौंडा पनि चुनावी माहोल तातेको छ । सोमबार उम्मेदवारी दर्ता गराएसँगै दलका नेता तथा कार्यकर्ताहरु जनताको घर दैलोमा जान थालिसकेका छन् ।

नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्षको उम्मेदवार बनेका बोलबहादुर कार्की पनि आफ्नो चुनावी प्रचारलाई तिव्रता दिएका छन् । नेकपा एमाले हेटौंडा नगर कमिटीको सचिवसमेत रहेका कार्की एक सरल, बौद्धिक र भद्र युवा नेताको परिचय बनाएका उम्मेदवार हुन् ।

यति बेला वडाबासीलाई भेट्नु आफ्ना कुरा सुनाउनु र जनताको समस्या सुन्नु तथा समस्या समाधानको प्रतिबद्धता व्यत्त गर्नु उनको दिनचर्या बनेको छ ।

वडामा भएका विकासको कामलाई तिव्रता दिन, रोजगारी सिर्जनागरि रोजगारको खोजीमा युवा पुस्ता विदेशिनु पर्ने अवस्थामा कमी ल्याउन आफूले वडा अध्यक्षमा उम्मेदवारी दिएको उनी बताउँछन् ।
वडाको नेतृत्व लिन्छु भन्दै एक कुशल छवि भएको युवा आएकोमा वडावासी समेत हर्षित देखिन्छन् । वडाले खोजेको र रोजेको एक असर युवा अध्यक्षमा उठ्दा आफुहरुलाई खुसी महसुस भएको स्थानीय बताउँछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*