एकीकृत समाजवादीका अध्यक्ष श्रीधर पोखरेलले गरे पार्टी परित्यागको घोषणा
मकवानपुर । नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् ।
नले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले बुधबार हेटौंडाका पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए ।
उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसी,उत्तम शहर्मा ढकाल,देवेन्द्र कोईराला,गोपाल बहादुर स्याङ्तानले पनि पार्टी परित्यागको घोषणा गरेका छन् ।
उनले मनहरी, राक्सिारङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणको काममा लागेकाहरुलाई बाइपास गरेकोभन्दै पार्टी परित्याग गरेको बताए । पोखरेल र डीसी नेकपा एमाले विभाजनपश्चात् नेकपा (एस)मा आबद्ध भएका थिए । उनीहरु दुवैले तत्काल कुनै पनि पार्टी प्रवेश नगर्ने बताएका छन् ।
पोखरेलले पार्टीभित्र हेटौंडा उपमहानगरको मेयरको दावी समेत गरेका थिए । पोखरेललाई पछाडी पार्दै नेकपा (एस) की नेत्रृ मीना लामाले सत्तारुढ गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बन्न सफल भएकी थिइन् ।







