मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानका उपकुलपति जोशी निलम्बित

अखबार हब
२०७९ बैशाख १४, बुधबार १०:५७

मकवानपुर । मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठानका उप कुलपति विश्वराज जोशी निलम्बित भएका छन् । आफ्नो पदिय जिम्मेवारी पूरा नगरेको भन्दै बागमती प्रदेश सरकारले उपकुलपति जोशीलाई निलम्बन गरेको हो ।

पटक पटक यस अघि पनि राजिनामा मागिएको भएपनि हटाउने प्रयत्न भने भएको थिएन । यो पटक भने कानुनी छिद्र पहिल्याउदै निलम्बन गरिएको हो । सोमवार प्रदेश सचिव एमलाल भूसालले हस्ताक्षर गरेको पत्र पठाउदै उपकुलपति जोशीलार्इ ३ सदस्य छानविन समिति गठन गरि छानविनको रिपोर्ट नआउने समय सम्मको लागि निलम्बन गरिएको जनाइएको छ ।

जोशी तत्कालीन प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेलले गत साउनमा प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेको थियो । ४ वर्षको निम्ती नियुत्त गरिएको भएतापति राजेन्द्र पान्डे सरकार एमालेले गरेको नियुत्तिलाई हटाउन लागि परेको हो ।

यस बागमती सरकारले प्रदेश दुग्ध विकास वोर्ड,युवा परिषद तथा अन्य नियुक्तीहरु खारेज गरिसकेको थियो । केही भने अदालतको निर्णय पछि फिर्तासमेत आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*