बकैयाको अध्यक्षमा ८ र उपाध्यक्षमा ५ जनाको उम्मेदवारी

अखबार हब
२०७९ बैशाख १३, मंगलवार १७:०५

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मकवानपुरको बकैया गाउँपालिका अध्यक्ष पदमा ८ जनाको उम्मेदवारी परेको छ । विभिन्न राजनीतिक दलको तर्फबाट ७ जना र स्वतन्त्र तर्फबाट १ जना गरी ८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय बकैयाले जनाएको छ ।

अध्यक्ष पदको लागि नेकपा एमालेबाट सरला बोलखे, नेपाली कांग्रेसबाट धर्म लामिछाने, नेकपा माओवादी केन्द्रबाट लक्ष्मी माझी, नेकपा मालेबाट कुमारबहादुर संजले, नेकपा एकीकृत समाजवादीबाट नारायण तिमल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट रामप्रसाद दाहाल, जनता समाजवादी पार्टीबाट मानबहादुर माझी र स्वतन्त्रबाट कृष्ण घिमिरेले उम्मेदवारी दिएका छन् ।

यसैगरी, उपाध्यक्ष पदको लागि ६ जनाले उम्मेदवारी दिएका छन् । उपाध्यक्ष पदको लागि एमालेबाट लालबहादुर स्याङ्तान, कांग्रेसबाट छाया अधिकारी, माओवादीबाट भक्तबहादुर खत्री, राप्रपाबाट सावित्री राई, जसपाबाट मिरा वाईवा, एकीकृत समाजवादीबाट उर्मिला राईले उम्मेदवारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*