काँग्रेस मनहरीमा ‘भाँडभैलो’
मकवानपुर । मनहरी गाउँपालिकामा पाँच दलीय गठबन्धन बीचको भागबण्डा थप पेचिलो बन्दै गएको छ ।
प्रदेशमा जारी गठबन्धन बीचको बैठकमा मनहरी गाउँपालिका अध्यक्ष माओवादी केन्द्रलाई दिने प्रारम्भिक सहमति भएसँगै काँग्रेस मनहरीमा भागबण्डाको विषय थप पेचिलो बन्दै गएको हो ।
शनिबार साँझ भएको काँग्रेस मनहरीको बैठकमा गठबन्धनको तर्फबाट आफूहरुले पालिकाका प्रमुख पदहरुमा टिकट नपाए गठबन्धन तोडिने निर्णय भएको पालिका सभापति प्रकाश बर्ताैलाले जानकारी दिए ।
गठबन्धनको सामान्य सिद्धान्त अनुरुप नै मनहरी गाउँपालिका काँग्रेसको भागमा पनुपर्ने भएतापनि आफूहरुले नपाए गठबन्धन नहुने र जबर्जस्ती निर्णय पेल्न खोजेको खण्डमा पालिकाभरि नै बागी उम्मेदवार खडा गर्ने चेतावनीसमेत दिए ।







