गठबन्धनबाट हेटौंडाको मेयरको उम्मेदवारमा मिना लामा
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) की मिना लामा उठ्ने पक्का भएको छ ।
समाजवादीले आफ्नो भागमा परेका महानगरपालिका र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाएसंगै हेटौंडाको मेयरमा लामा उठ्ने पक्का भएको स्रोतले जनाएको छ ।







