झापामा मेराविरुद्ध ६ दलीय गठबन्धन बन्योः केपी ओली

अखबार हब
२०७९ बैशाख ८, बिहीबार २०:३०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पाँच दलीय गठबन्धन ६ दलीय भइसकेको बताएका छन् ।

बिहीबार केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन राजावादीसँग मिलेर ६ दलीय भएको बताएका हुन् । ६ दलीय गठबन्धन एमाले र आफनोविरुद्ध आफ्नै निर्वाचन क्षेत्रमा बनेको अध्यक्ष ओलीको टिप्पणी छ ।

‘झापामा मेरै निर्वाचन क्षेत्रमा राजावादी राप्रपाको उम्मेदवारलाई कांग्रेस, माधव नेपाल, प्रचण्ड सबै गुटहरुले साझा उम्मेदवारको रुपमा मानेर एमालेविरुद्ध आइसके’ ओलीले थपे, ‘यसकारण यो पाँच दलीय होइन, ६ दलीय गठबन्धन भइसक्यो ।’

झापामा पाँच दलीय सत्तागठबन्धन र राप्रपाबीच तालमेल गर्ने सहमति भएको छ । सहमति अनुसार स्थानीय तहको निर्वाचनमा राप्रपा र गठबन्धनको तर्फबाट साझा उम्मेदवार तय हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*