सत्तारूढ गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने

अखबार हब
२०७९ बैशाख ८, बिहीबार १६:३४

काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धनले सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका गठबन्धनमा आबद्ध दलले सातै प्रदेशमा चुनावी सभा गर्न लागेका हुन् ।

गठबन्धनको निर्वाचसम्बन्धी संयन्त्रको बिहीबारको बैठकले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सातै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने निर्णय गरेको हो ।

गठबन्धनको सभा वैशाख १८ गते धनगढीबाट सुरु भएर २२ गते काठमाडौंमा समापन हुनेछ । गठबन्धनका तर्फबाट सार्वजनिक तालिका अनुसार धनगढीमा बिहान ११ बजे सभा हुनेछ । सोही दिन दिउँसो २ बजे सुर्खेतमा सभा हुनेछ ।

१९ गते बिहान ११ बजे बुटवलमा सभा गरेपछि त्यही दिन दिउँसो २ बजे पोखरामा सभा हुनेछ । २० गते बिहान ११ बजे विराटनगरमा र सोही दिउँसो २ बजे जनकपुरमा सभा राखिएको छ ।

गठबन्धनले वैशाख २२ गते दिउँसो १ बजे काठमाडौंमा चुनावी सभा गर्ने घोषणा गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*